मलेसिया।गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सातौं अधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी दिने लहर चलेको छ । यसैक्रममा युवा समाजसेवी समिर मल्लले(२०२१-२०२३) कार्यकालको लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समय देखि मलेसियामा रहेर विभिन्न सामाजिक गतिविधिहरु माफर्त आफुलाई समाजसँग जोड्दै आईरहेका मल्ल सामाजिक कार्यमा हरुमा संलग्न हुने क्रममा समाजलाई दिएको मात्रै नभई समाजबाट पनि सकारात्मक अमुल्य सल्लाह र अनुभव संगालेको मल्लले बताउनुभयो ।
सामाजिक कार्य र अशल आचरण मार्फत् एनआरएनए प्रतिको नकारात्मक धारणालाई परिवर्तन गराउन र युवालाई एनआरएनको मुल प्रबाहमा जोड्नु आफ्नो हद सम्म प्रयास रहने उनले बताएका छन् ।
सुदूरपश्चिमेली नेपाली समाज मलेसिया पुर्व अध्यक्ष,अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका बरिष्ठ उपाध्यक्ष समेत रहेका मल्ल मलेसियामा क्रियाशील विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था सँग समन्वय गर्दै सामाजिक कार्य गर्दै आएका छन् ।
श्रमिक हरुको हक, हितको अधिकारलाई सुरक्षित गर्नको लागि नेपाली राजदुत मलेसिया समन्वय गरि समस्याहरुको पहल गर्दै आएका मल्ल सामाजिक सेवा गर्नु पर्ने र त्यसको लागि युवा हरुको भुमिका बलियो बनाउनु पर्ने मल्लको भनाई रहेको छ ।
गैर आवासीय नेपाली संघ मलेसियाको(२०२१-२०२३) कार्यकालको लागि यहि जुलाई २५ तारिख सातौं अधिवेशन हुदै छ। यस्तै सन्तोष रिजाल, सिताराम बस्नेत,अरुण गिरि पनि एनआरएनए मलेसियाको युवा संयोजकमा आकांक्षी देखिएका छन् ।
| २० असार २०७८, आईतवार ११:५९