सुर्खेत-विभिन्न मुद्दामा संग्लन भई लामो समयदेखि फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।वीरेन्द्रनगर–२ का ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेशअनुसार न्यौपानेलाई ९ वर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो। त्यसपछि उनी फरार थिए। तर उनलाई असार १६ जिल्ला प्रहरी कार्यलयले सुर्खेतले पक्राउ गरेको हो।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्मराज गिरीलाई चेक अनादर मुद्दामा सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गतेको फैसलाको आदेशअनुसार प्रहरीले असार १७ गते हिजो बिहीबार पक्राउ परेका सुर्खेत प्रहरी नायव उपरीक्षक ९डिएसपी० रामप्रसाद घर्तीले जनाकारी दिए। उनले ४२ हजार ५०० जरिवाना तिर्नुपर्ने छ।
त्यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत जिल्ला अदालतले २०६८ भदौ २८ गतेको फैसलाले खड्कालाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाएको छ। उनलाई शुक्रबार ९असार १८० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।