☰ open Loading... 27 November 2024|  

खकुलो बनाउँदै पाल्पाको निशेधाज्ञा ३१ गतेसम्म
  | २२ असार २०७८, मंगलवार ०५:५६

 

खकुलो बनाउँदै पाल्पाको निशेधाज्ञा ३१ गतेसम्म

 

 

 

पाल्पा : पाल्पामा जारी निशेधाज्ञालाई खुकुलो बनाउँदै ३१ असार सम्म थप गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले मालपोत, नापी, वडा तथा नगरपालिका लगाएत सम्पूर्ण सरकारी कार्यालयहरु संचालन गर्ने निर्णय गरेको हो ।

 

बैठकले यस अघिको निर्णयलाई अथावत राख्दै अत्यावश्यक पसलहरु भने बिहान ७ देखि दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको बैठकमा सहभागी पत्रकार महासंघ, पाल्पा शाखाका उपसभापति भरत शर्माले जानकारी दिए ।

 

रेष्टुरेन्ट तथा खाजाघरहरुले बिहान ७ देखि साँझ ७ बजे सम्म मात्रै (प्याकिङ्ग ) सेवा दिन पाउने छन् । बैठकले सार्वजनिक यातायात संचालनमा रोक लगाए पनि निजी सवारी भने पसल सञ्चालनको अवधि दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको छ । भीडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भोज भतेर, शैलुन लगाएतका क्षेत्र संचालन हुन पाउने छैनन् ।