☰ open Loading... 16 February 2025|  

जिप दुर्घटना एकको मृत्यु, चार जना घाइते
  | २३ असार २०७८, बुधबार ०५:५५

 

दैलेख । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।जिल्लाको रास्कोट नगरपालिका ५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्र बहादुर शाहका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको र चार जना घाइते भएको जानकारी दिए।