☰ open Loading... 5 February 2025|  

आज कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने
  | २६ असार २०७८, शनिबार ०५:२२

सुर्खेत- सुर्खेतसहित कर्णाली प्रदेशमा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ। कोहलपुर–सुर्खेत विद्युत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्दछ।

बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाबिंगाहरु खसेर तारमा टाँगिने र पटक–पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न परेको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए।

कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विद्युत अवरुद्ध हुने
विद्युत अबरुद्ध हुने छ।