☰ open Loading... 25 November 2024|  

बाँकेमा रगत अभाव, रक्तदान गर्न अपील
  | २७ असार २०७८, आईतवार ०५:४८

नेपालगन्ज – बाँकेमा केहिदिन यता रगत अभाव भएको छ । मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस सोसाइटी शाखा नेपालगन्जले जनाएको छ ।

 

रगत अभावलाई मध्येनजर गर्दै रेडक्रस सोसाइटी शाखाले १०÷१२ वटा संघसंस्थालाई सम्पर्क गरी रगत अभाव भएको जानकारी गराएको छ । शाखाले रक्तदान कार्यक्रम राख्न पनि अनुरोध गरेको छ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नं।२२ स्थित एकता युवा क्लब पुरैनी र नेपाल मानव धर्म समिति नेपालगन्जले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्जमा रगतको समस्या भएको छ । उक्त समस्यालाई समाधान गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवले जानकारी दिए ।

 

कोरोनाको लहरले गर्दा भेरी अस्पताल परिसरमा रहेको प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जमा रक्तदान कार्यक्रममा ३० जना बढीले रक्तदान गरेका अध्यक्ष राजेश कुमार यादवले मध्यान्हलाई जानकारी दिए । जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ती, समाजसेवी सुनील केसी, नेपाल मानव धर्म समिति नेपालगन्जका विशेषराज उप्रेती, तिलकराम साहु, शक्ति गुप्ता, बीरेन्द्र गहतराज, रितेश बिष्ट लगायतको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

 

बाँकेका रगत अभाव भइरहेको अवस्थामा विभिन्न संस्थालाई सम्पर्क गरी रगत अभाव भएको छ रक्तदान कार्यक्रम राख्न अनुरोध गरेकाले एकता युवा क्लब र नेपाल मानव धर्म सेवा समितिले हाम्रो निमन्त्रणालाई स्वीकार गरी शनिबार गरेको रक्तदानले धेरै जनाको जीवन बचाउन सहयोग पुग्ने प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

 

उनले भने, ‘कोहलपुर, नेपालगन्ज शाखा गरेर दैनिकी ३०र४० प्वान्ट रगत लिन बिरामीका मान्छे आउने गरेका छन् । रक्तदान गर्नेको संख्या नभएको हँुदा हामीले संघसंस्थालाई जानकारी गराई सहयोग मोका हौं ।’