सुर्खेत ।जिल्ला समन्वय समितिलाई सरकारले तलबको सुविधा बाहेक अन्य सूविधा केहि नदिएको भएपनि कोरोना महामारीको समयमा जिल्ला समन्वय समितिकि उपप्रमुख देवि भट्टराईले भने मनकारी मन कोभिडको समयमा देखाएकी छिन् ।
उनले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका र लेकवेशी नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन् । उनले गाउँपालिकामा तीस हजारका दरमा तथा नगरपालिकामा ४ हजार रुपैंयाका मास्क, ग्लोब्स, स्यानिटाईजर हस्तान्तरण गरेकी हुन ।
‘हामीसम्ग अन्य आयश्रोत केहि भएन । तलबबाट जोगिएको रकम बराबरको मैले यो सामाग्री खरिद गरी हस्तान्तरण गरेकी हुँ ।’ उनले भनिन्, ‘यो तीन पालिकामा मैले गरेको सानो सहयोगले पनि त्यहाँका नागरिकलाई सजिलै स्वास्थ्यकर्मीले सहयोग गर्न सकुन भन्ने चाहनाबाट प्रेरित भएर गरेकी हुँ ।’
उनले हस्तान्तरण गर्न आफै गएको स्मरण गर्दै सानो सहयोग भएपनि सबैले धन्यवाद दिएको बताईन ।
यता, सिम्ताका स्वास्थ्यकर्मीले उपप्रमुखसँग खुशी साटेका छन् । ‘तपाईको जसरी सिधै हामीकहाँ सामाग्री लिएर आउनेको संख्या कम छ । तपाई जस्तो मनकारी नेतालाई धन्यवाद छ ।’ स्वास्थ्यकर्मीहरुको भनाई उदृत गर्दै उनले भनिन्, ‘उहाँहरुले म प्रति गरेको सम्मान मैले कहिल्यै भुल्ने छैन ।’
| २७ असार २०७८, आईतवार १०:०५