☰ open Loading... 25 January 2025|  

बलात्कार आरोपमा वडासचिव पक्राउ
  | २७ असार २०७८, आईतवार १९:३२

सल्यान -सल्यानमा एक युवतीलाइ बलात्कार आरोपमा वडासचिवलाई प्रहरीले पक्राउ गरेको छ। ती वडासचिवलाई १८ वर्षीया युवती बलात्कार गरेको आरोप लागेको छ। त्रिवेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।

सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको गए पनि बालिकाले २४ गते मात्र परिवारलाई जानकारी गराएकी र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।