☰ open Loading... 26 November 2024|  

कर्णालीमा साउन १ गते सार्बजनिक बिदा
  | ३० असार २०७८, बुधबार २०:११

 

सुर्खेत, ३० । कर्णाली प्रदेश सरकारले साउन १ गते परेको साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदाबारे सूचना जारी गरेको हो ।
कर्णाली प्रदेश मन्त्रिपरिषद्को जेठ १२ गतेको बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिए । ‘कर्णालीमा साउने संक्रान्तिलाई पर्वका रुपमा मनाउने भएका कारणले साउन १ गते विदा दिएको हो ।’ उनले भने,‘त्यो दिन देउडा पर्वमा रुपमा पनि मनाउने गरिन्छ ।’