| २८ असार २०७८, सोमबार ०५:२८
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रणको दर बढ्न थालेको छ । पछिल्ला हप्ताहरूमा कुल परीक्षणको ३४ देखि ४१ प्रतिशत संक्रमण दर देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
कामको समय भएकाले पछिल्लो दुई हप्ता यता कोरोना संक्रमणको दर बढ्दै गएको निर्देशनालयले जनाएको छ । त्यस्तै नाकाहरु खुकुलो भएका कारण भारतबाट आउनेहरुको संख्या पनि बढेको छ ।
कर्णाली प्रदेश भित्रिने प्रमुख आन्तरिक नाकामध्ये दुई वटा सुर्खेतमा छन् । यी नाकाहरूमा अहिले चेकजाँच र परीक्षण पहिलेको भन्दा कम भएको छ ।
संक्रमण दर कम भएको समय भन्दा अहिले एन्टिजेन परीक्षणलाई पनि बढाउन थालिएकोले संक्रमण दर बढेको निर्देशनालयले जनाएको छ। अहिले स्थानीय तहरुमा पनि एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको र बीचको तुलनामा अहिले कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको निर्देशनालयले जनाएको छ