सुर्खेत,-कर्णाली प्रदेशमा वलत्कारका घटनाका उजुरी बढेको पाइएको छ । विगतमा अपेहलित हुने र प्रहरीसम्म जानुहुन्न भन्ने गरिएको भएपनि अहिले यस्ता घटनाहरुका उजुरी दिनेको संख्यामा वृद्धि भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा हरेक वर्ष दुइ सय भन्दा बढि बलात्कारका घटनाका उजुरी दर्ता हुने गरेका छन । सबैभन्दा बढि घटना सुर्खेतमा हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी एसएसपी अर्जुन चन्दकाअनुसार सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ६७ वटा घटना दर्ता भएका छन् । सुर्खेतमा आर्थिक वर्ष ०७५–०७६ मा जवरजस्ती करणीका ६७ घटना भएका थिए । सोही वर्ष १९ वटा जर्बजस्ती करणी उद्योग अर्न्तगतका घटना घटेका थिए । यस्तै आर्थिक वर्ष २०७६–०७७ मा ८३ घटना घटेको उहाको भनाई छ । दैलेखमा चालु आर्थिक वर्षमा २५ र जाजरकोटमा १५ घटना भएका छन् ।
रुकुममा १३, सल्यानमा ३५, जुम्लामा ९, हुम्लामा १०, मुगुमा तीन र कालिकोटमा चार वटा घटना भएको प्रहरी तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७५–०७६ मा १९० र २०७६–७७ मा १९९ घटना भएका छन् । चालु आर्थिक वर्षको हालसम्म १८७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भइसकेको एसएसपी चन्दले बताए । बलात्कारका घटना यसअघि कम दर्ता हुने गरेको भएपनि अहिले उजुरी दर्ता धेरै हुने गरेका जानकारी दिए।। उहाले गाउँमा हुने यस्ता जघन्य अपराधका घटना लुकाउने प्रचलन अहिलेपनि रहिरहेको बताउँदै बलात्कारका विरुद्ध सबैको आवाज बुलन्द हुनुपर्नेमा जोड दिए ।