| २८ असार २०७८, सोमबार २०:११
दैलेखः संसद पुनःस्थापनाको खुसीयालीमा दैलेखको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको छ । दैलेखमा संयुक्त विद्यार्थी संगठनले दीप प्रज्वलन गरेका हुन । अदालतको फैसलालाई स्वागत गर्दै संविधानको सही पालना भएकोमा भन्दै दीप प्रज्वलन गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । पटक –पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आजको फैसला स्वागत योग्य भएको भएको विद्यार्थी नेताहरुको भनाइ छ ।