☰ open Loading... 29 September 2025|  

दैलेखमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला
  | २८ असार २०७८, सोमबार २०:४२

दैलेख- दैलेखमा नेकपा एमालेका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन्।नेकपा एमाले निकट युवा तथा विद्यार्थीहरुले दैलेखको देवकोटा चोकमा भेला भएर जबराको पुत्ला जलाएका हुन्। सोमबार साँझ गरिएको कोणसभा सम्पन्न भए लगत्तै युवा, विद्यार्थीले जबराको पुत्ला जलाएका थिए।

आजै सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको थियो। सो फैसलाविरुद्ध एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।संघका कार्यकताहरुले राष्ट्रघाती कदम चाहीँदैन’, ‘केपी ओली जिन्दावाद’, ‘संविधान मिच्न पाईदैन, राष्ट्रघाती कदम चाहिँदैन’, ‘वैदेशिक हस्तक्षेप मुर्दावाद’, ‘विदेशी दलाल होसियार’ लगायतका नाराहरु नारा लगाएका थिए।।