| २९ असार २०७८, मंगलवार ०५:१४
दैलेख- लगातारको बर्षाले दैलेखका विभिन्न स्थानमा मकैबालीमा व्यापक क्षति पुर्याएको छ। नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ। हावाहुरीले मकैमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन्।
हावाहुरी र पानीसँगै आएको हावाहुरीले वडा नम्बर ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको छ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पाँच रोपनी, रेशम थापाको पाँच रोपनी, गणेश थापाको दुई रोपनी, गणेश खत्रीको दुई रोपनी, तेजबहादुर महतराको दुई रोपनी, अमरबहादुर खनालको दुई रोपनी गरी ३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली पूर्ण रुपमा नष्ट गरेको छ। पीडितले राहत र क्षतिपूर्तिका लागि कृषि विकास कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।