| २ श्रावण २०७८, शनिबार ०५:३४
सिमकोटः हुम्लामा बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । असार मसान्तका बेला लगातार तीन दिन देखि विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएको कारण चेक साट्न नपाएपछि सेवाग्राही मर्कामा परेका हुन ।
साढे एक लाखको चेक साँट्न नपाएका अंजु लामाले बैंक बन्द हुँदा मर्कामा परेको बताइन् । राष्ट्रिय बाणिज्य बैंकले असार ३१ महिनाको अन्तिम दिन हिसाब मिलानको कारण कोरोवार नगर्नु, साउन १ गते देउडा पर्वको अवसरका कर्णाली प्रदेश सरकारद्धारा सार्वजनिक विदा दिनु र साउन दुई गते शनिबार परेको कारण बैंकका सेवाग्राही मर्कामा परेका हुन ।