☰ open Loading... 5 February 2025|  

तीन लाखको अक्षय कोष स्थापना
  | २ श्रावण २०७८, शनिबार १३:३२

दैलेख – धर्मजङ्ग थाया र उनका छोरीको सहयोगमा त्रिभुवन माध्यमिक विद्यालयमा ३लाखको अक्षय कोष स्थापना गरेका छन् । उनका भाई र छोरीको सहयोगमा २०२५ साल देखि २०३३ साल सम्म त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेखमा शिक्षण गदै आएका स्वर्णिय जगतजङ्ग थापाको नाममा अक्षणकोष स्थापना गरेका हुन्।

अक्षयकोष बापतको रकमको चेक स्वर्गीय जगतजङ्ग थापाका भाई धर्मजङ्ग थापाले शनिबार एक कार्याक्रम बिच विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीलाई हस्तान्तरण गरेका छन्। अक्षय कोषबाट हुन आउने व्याजले हरेक शिक्षा क्षेत्रमा लगानी वृद्धिगरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकालाई शिक्षा क्षेत्र ठुलो सहयोग हुने धर्मजङ्ग थायाले बताए।

धर्मजङ्ग थाया र उनका छोरीको सहयोगबाट नेपाली कांग्रेस दैलेख जिल्लाका पुर्ब पार्टी सभापति समेत रहेका समाजसेवी स्वर्णिय जगतजङ्ग थापाको नामबाट स्थापना गरेको अक्षय कोषले गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रधान गरिने विद्यालयका प्रधानाध्यापक निरक बहादुर  तारामीले बताए ।