यामराज बिष्ट / दैलेख -नारायण नगरपालिका दैलेखले अति विपन्न बर्गका किसानलाई आर्याआर्जन बृद्धि गर्ने उदेश्यले बाख्रा वितरण गरेको छ ।स्थानिय पुर्वाधार विकाश कार्यक्रम अन्र्तगत १५लाख बराबरको खर्चमा नारायण नगरपालिका वडार्नः २का५०घरधुरिलाई खरी जात बाख्रा एक घरमा २ बाख्राका दरले सय ओटा बाख्रा र दुई घरमा ३बोकाअनुदानमा वितरण गरिएको हो।विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले खरी जातका बाख्रा वितरण गरिएको नारायण नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रेशम बुढाले जानकारी दिए । बाख्रा व्यवसायका लागी दाना, औषधि वितरण गरिएको प्रमुख प्रसासकिय अधिकृत बुढाले बताए ।
अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी उदाहरणीय बन्न किसानलाई नारायनगरपालिका २का वडा अध्यक्ष रेशम थापाले आग्रह गरे ।विपन्न बर्गलाई बाख्रा हस्तान्तरण गर्दै नारायण नगरपालिका वडार्न ः२का वडा अध्यक्ष थापाले अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको बताए।
स्थानिय पुर्वाधार विकाश कार्यक्रम अन्र्तगत १५लाख बराबरको बाख्रा किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बाख्रा वितरण गरिएको प्रतिनिधि सभा सदस्य माननिय रविन्द्रराज शर्माले बताए ।वितरण गरिएका बाख्रा बोकाहरुको विमा समेत गरिएको छ ।