☰ open Loading... 18 November 2024|  

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण
  | ४ श्रावण २०७८, सोमबार ०५:२२

सुर्खेत- कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिवार एक सय ४७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । कालीकोटमा १४, जुम्लामा पाँच, सुर्खेतमा चार, सल्यान र रुकुुम–पश्मिमा दुई÷दुई तथा हुम्लामा एक जनामा संक्रमण देखिएको हो ।

हालसम्म कर्णालीमा २९ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २७ हजार दुई सय ३० जना निको भएका छन् । संक्रमणका कारण तीन सय ४५ जनाको ज्यान गएको छ । शनिबार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो ।