☰ open Loading... 18 November 2024|  

कर्णालीमा कोरोना : संक्रमण स्थिर, जोखिम बढ्दो
  | ४ श्रावण २०७८, सोमबार ०५:३८

अहिले स्थानीय तहसँगै स्वास्थ्य कार्यालयहरूले एन्टिजेनमार्फत परीक्षण र आरटी–पीसीआरका लागि स्वाब संकलन गरिरहेका छन् । ‘परीक्षणको व्यवस्थापन राम्रो छ,’ उनले भने, ‘समुुदायमा संक्रमणको अवस्था बुझ्न गाउँ–गाउँमा परीक्षण भएको छ ।’ अधिकांश लक्षण देखिएकाहरू मात्र परीक्षणका लागि आउने गरेका छन् । असार पहिलो सातातिर एक हजार बढी सक्रिय संक्रमित रहेको सुर्खेतमा अहिले पाँच सय भन्दा कम संख्या रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सुर्खेतमा सबैभन्दा बढी वीरेन्द्रनगर संक्रमणको जोखिममा छ । वीरेन्द्रनगर नगरपालिकाका अनुसार यहाँ परीक्षण गरिएकामध्ये ५० प्रतिशतसम्ममा संक्रमण देखिने गरेको छ । नगरपालिकामा हप्ताको तीन दिन कोरोना परीक्षण हुन्छ । नगर स्वास्थ्य प्रमुख भुुपेन्द्र गिरीले एक पटकमा ४०÷५० जनाको परीक्षण हुने गरेको बताए । तीमध्ये कम्तीमा ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको हो ।

त्यस्तै, दैलेखमा अहिले कोरोना संक्रमणदर ५० प्रतिशत छ । दैलेख कर्णालीमा कोरोनाको पहिलो संक्रमित पुष्टि भएको जिल्ला हो । यहाँ केही महिना पहिलेसम्म संक्रमण अत्यधिक थियो । हाल संक्रमणदरमा कमी आएको छ । स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्लामा अहिले संक्रमित पाँच जनाको अक्सिजनको सहायताले उपचार भइरहेको छ । सबैजसो पालिकामा सुविधा पुगे पनि थोरै संख्याले मात्र परीक्षण गर्ने गरेको उनी बताउँछन् । ‘जोखिम उस्तै छ । परीक्षण गर्नेको संख्या घटेकाले संक्रमित पनि कम पुष्टि भएको देखिन्छ,’ उनले भने ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । कर्णालीका सबै जिल्लामा संक्रमणको ‘चेक ब्रेक’ गर्न स्थानीय प्रशासनहरू निषेधाज्ञा लगाएका हुन् । निषेधाज्ञा खुकुलो पारिएसँगै बढेको चहलपहलले फेरि संक्रमणको जोखिम बढाएको छ । सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको जनस्वास्थ्यकर्मीहरू बताउँछन् ।

कर्णालीमा कोराना परीक्षण गर्नेको संख्या घटेको छ । केही दिनयता प्रदेशमा दैनिक दुई सयको हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय प्रदेशको संक्रमणदर २५ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको जनाए । कोरोनाको दोस्रो लहर सुरू भएसँगै वैशाख पहिलो साता संक्रमणदर ९० प्रतिशत नाघेको थियो । उच्च विन्दुमा पुगेको संक्रमण ओरालो लागेको हो । निर्देशनालयका अनुसार असारयता भने संक्रमण स्थिर छ । निषेधाज्ञा खुकुलो पारिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गरेको पाइँदैन । जसले गर्दा संक्रमण अपेक्षाकृत रूपमा घट्न नसकेको निर्देशनालयले जनाएको छ । अब कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावना रहेकाले स्वास्थ्य विज्ञहरूले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् । निर्देशक डा. खड्काले तेस्रो लहरको पूर्वतयारीका काम भइरहेको जनाए । कार्ययोजना बनाएर प्रदेशभर कोरोना प्रतिकार्यका गतिविधि सञ्चालन हुने उनको भनाइ छ ।

प्रदेशमा हालसम्म एक लाख ५९ हजार नौ सय ११ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । त्यसमध्ये २९ हजार दुई सय ८९ जनामा संक्रमण पुुष्टि भएको छ । तीमध्ये २७ हजार दुई सय ९५ जना संक्रमणमुुक्त भएका छन् । आइतवार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसहित कर्णालीमा कोरोना संक्रमित तीन सय ४७ जनाको ज्यान गएको छ ।साझा बिसौनिबाट