☰ open Loading... 17 November 2024|  

खानेपानीको चरम अभाव
  | ५ श्रावण २०७८, मंगलवार ०५:४१

सुर्खेत -वीरेन्द्रनगरमा खानेपानीको चरम अभाव भएको छ। वीरेन्द्रनगरका अधिकांश नागरिकहरूको घरमा नगरपालिकाले समयमै धारा जडान नगर्दा खानेपानीको चरम अभाव भएको हो।

यहाँका नागरिक खानेपानीका लागि करिब आधा घण्टा हिँडेर घण्टौँ लाइन बस्न बाध्य छन्। वर्षायाम सुरू भए पनि वीरेन्द्रनगर नगरपालिका–३ का धेरैजसो घरहरूमा खानेपानीको धारा जडान नहुँदा यसरी खानेपानीको समस्या भएको स्थानीयहरूको गुनासो छ।वीरेन्द्रनगर–३ पतेनी रोडमा रहेको पतेनी धारामा पनी लिन पुगेकी खम्बिरा केसीले आफू बस्ने स्थानबाट करिब आधा घण्टाको बाटो हिँडेर आएकी बताइन्। पानीको स्रोत संरक्षणमा दीर्घकालिन योजना र सोच नहुदा बर्सेनी खानेपानीको हाहाकार हुने गरेको बताईन ।

‘म पानी लिन आएको बिहान ५ बजेनै हो, तर याहाँ आउँदा पानी भर्नेको लाइन लागिसकेको थियो,’ उनले भनिन्, ‘पानी भर्ने भाडाकुँडा यहीँ छोडेर घर फर्केर आउँदा पनि चार घण्टा बित्न लायो, बल्न पानी भर्ने पालो आएको छ।खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण खानेपानीको अभाव भएको स्थानीयबासीले आरोप लगाए ।