☰ open Loading... 5 February 2025|  

घरेलु मदिरा सेवनबाट एकै गाउँका ४ जनाको मृत्यु
  | ५ श्रावण २०७८, मंगलवार १०:४०

रोल्पा-रोल्पाबाट बाग्लुङ पुगेका एकै गाउँका चार जनाको बिशाक्त मदिरा सेवनबाट मृत्यु भएsf] छ। रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ। गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको काममा त्यहा पुगेका सुनिलस्मृती गाउँपालिका ५ गजुलका एकै गाउँका ४ जनाको मध्यराती मृत्यु भएको हो।

स्थानिय भद्रबहादुर थापाको मिलन किराना पलल चाउचाउ, बिस्कुट र दालमोट संग रक्सी खाएको एकछिन पछि बिरामी परेका रोल्पा सुनिलस्मृती ५, गजुलका २१ वर्षीय दिपेन्द्र पुन, ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेगबहादुर राना र ३० वर्षीय प्रबिण घर्ती रहेका छन्। २६ वर्षीय रबिन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती जना गम्भिर अवस्थामा छन्। बाँकीको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

रक्सी खाएका सबै बिरामी भए पछि उनिहरु मध्य दुईजनाको घटनास्थलमा र बाँकी दुईजनाको नजिकैको निजि क्लिनिक पुर्‍याईएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी डिएसपि ईकवाल हवारीले बताए। अहिले मृतकको शब र घाईतेहरुलाई धौलागिरि अस्पतालमा राखिएको छ। मृतकको शव अस्पतालमा राखिएको बताउने बाग्लुङ प्रहरीले अनुसन्धान भईरहेको बतायो।

अबैध रक्सी बिक्रि गर्ने भद्रबहादुर थापालगायत दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बाग्लुङ प्रहरीले बताएको छ।