☰ open Loading... 17 November 2024|  

कोरोनाका कारण भेरी अस्पतालमा एक जना पुरुषको मृत्यु
  | ६ श्रावण २०७८, बुधबार ०५:१६

 

नेपालगन्ज – कोरोना संक्रमणका कारण मंगलबार थप एक जनाको मृत्यु भएको छ ।भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका ४ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७४ जना र बाँकेका ३ सय २१ जनाको मृत्यु भएको छ । अर्कोतर्फ पछिल्लो २४ घण्टामा देशैभर थप ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ५९५ डिष्चार्ज भएका छन् । देशैभर संक्रमणका कारण २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ