| ७ श्रावण २०७८, बिहीबार ०५:१७
दाङ – सिँचाइका लागि बनाइएको कृत्रिम बाँधमा डुबेर बेपत्ता भएका एक जनाको पहिचान खुलेको छ । दाङको घोराही उपमहानगरपालिका १ सिमलताराको गयरसोतामा बाँधमा पौडी खेल्ने क्रममा त्यही ठाउँका ३१ वर्षीय लालबहादुर विष्ट डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
स्थानीयवासी र प्रहरीले विष्टको खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको बाँध धेरै गहिरो भएको र दलदले माटो भएकोले विष्ट त्यसैमा फसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अहिलेसम्म पनि विष्टको अवस्था थाहा नभएपछि खोजीका लागि बाँकेको नेपालगञ्जबाट तालिम प्राप्त प्रहरी टोली र अन्य जनशक्ति आउँदै गरेको प्रहरीले जनाएको छ ।