| ११ श्रावण २०७८, सोमबार १८:२७
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताए । संवाद समूहले यहाँ आयोजना गरेको ‘कर्णालीमा कोरोनाको अवस्था र तयारी’ विषयक अन्तक्र्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उहाँले जानकारी दिए ।
औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै मन्त्री बुढाक्षेत्रीले नागरिकलाई बचाउनु नै सरकारको पहिलो कर्तव्य भएकाले आफूहरूको ध्यान यसतर्फ केन्द्रित भएको र विभिन्न नाकामा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकेको बताए।