☰ open Loading... 18 November 2024|  

हेलिकप्टरबाट सुत्केरीको उद्धार
  | १३ श्रावण २०७८, बुधबार १९:५९

 

दैलेख -दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–९ को दुर्गम गाउँ छेपाडीकी २५ बर्षीया जुना विकलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो। मंगलवार दिउँसो २ बजेतिरै जुनाले दोस्रो सन्तानको रुपमा छोरा जन्माकी थिइन् । नर्मल डेलिभरीमार्फत छोरा जन्मिएको दुई घण्टापछि अत्याधिक रक्तस्राव भएसँगै ज्यान जोखिममा पर्ने डरले जुनाका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेखमा उद्धारको लागि पहल गरेका थिए ।मौषम खराबीका कारण उनको उद्धार हुने सकेन् । हेलिकोप्टरमार्फत उद्धार हुन नसकेपछि जुनाका आफन्तले ३ घण्टा टाढा रहेको ठाटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्टेचरमा बोकेर पु¥याएका थिए ।

मंगलवार दिउँस ४ बजेदेखि अत्यधिक रक्तस्राव भएर सिकिस्त बनेकी जुनाको बुधवार बिहान१० बजे तिर उद्धार गरिएको हो । सुत्केरी महिला जुनाको अवस्था जटिल भएको र सबैको सहकार्यमा कार्यविधि नुसार नै हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल बताए ।उनले भने,अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।