| १४ श्रावण २०७८, बिहीबार ०५:२९
नेपालगन्ज- बाँकेमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५९ नमुना परीक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार, संक्रमितमध्ये चार जना बाँकेका छन् । बाँकेका संक्रमित चारैजना महिला हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या १७ हजार ६ सय ४ जना पुगेको छ । यस्तै बुधबार ४ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ३८ पुगेको छ ।