☰ open Loading... 18 November 2024|  

जीप दुर्घना हुँदा सहचालकको मृत्यु ,चालक घाइते
  | १४ श्रावण २०७८, बिहीबार ०५:३७

मुगु। मुगुको बाम गाउँमाको नाफा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा सहचालककोे मृत्यु भएको छ । मुगुको बामबाट हुम्ला जाँदै गरेको लु १ ज ४१०२ नम्बरको जीप मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा हुम्लाको चंखेली गाउँपालिका ३ मेखाला गाउँका सहचालक बर्ष २४ का हर्क बहादुर ऐडीको मंगलबार जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते भएका चालक दल बहादुर रोकायाको भने उपचार भैरहेको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहयक निरिक्षक रतन बहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार चलिरहेको जीपको अगाडी पट्टीको टाएर फुत्कीदा दुर्घटना भएको हो ।