कर्णाली प्रदेश भौतिक पुर्बाधार मन्त्री अम्मर बहादुर थापा बिदाको समय पारी आफ्नो मन्त्रालय अन्तर्गत सुर्खेतको सिम्ता गाँउ पालिकामा बनेको भौतिक संरचनाको अनुगमन गरेका छन् ।बिदाको दिन पारी सुर्खेत र दैलेखका लगायत अन्य जिल्लाहरुमा आफ्नो मन्त्रालय मातहतका कार्यालयबाट निर्माण भएका बिभिन्न भौतिक संरचनाको अनुगमन लगाएतका संरचनाको कार्य अवस्था एवम निर्माण सम्पन्न भए नभएको विषयमा मन्त्री थापाले अनुगमन गरेका हुन् ।
यस अघि मन्त्रि थापा सुर्खेतको चौकुने गाउ पालिका अन्तर्गत रेक्चामा अनुगमन गरेका थिए ।त्यस्तै साउन १६ गते सनिबार सिम्ता गाउ पालिकामा पुगी उपभोक्त लगायत बिभिन्न सरोकारवाला निकायहरुसँग बसी आबश्यक भौतिक संरचनाका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।यस अघि कुनै पनि मन्त्रि जनता स्तरमा गई जनताको समस्या बुझ्ने भेटघाट समेत नगरेको ले यस गाउ पालिकामा भौतिक पुर्बाधार मन्त्रि आउदा हामी स्थानिय बासिन्दाहरु खुसी भएको एक स्थानियले बताए ।