☰ open Loading... 5 February 2025|  

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
  | १८ श्रावण २०७८, सोमबार ०५:१८

सल्यान – मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट वडा नम्बर ५ लेखपोखरा चोरपानी जाँदै गरेको प्रदेश–३–०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही गाउँपालिका–५ चोरपानीका २३ वर्षीय शालिक बुढा मगरको मृत्यु भएको हो।

उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएको बुढा मगरको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले बताए।