सुर्खेतः कर्णाली प्रदेशमा एचआईभी संक्रमितको संख्या वृद्धि हुन थालेको छ ।सरकारी तथाङक अनुसार कर्णाली प्रदेशमा करिब ६ सय एचआइभी संक्रमित रहेको रहेको छ । कर्णालीका पाँच जिल्लामा ५ सय ९१ जना एचआइभी संक्रमितहरू अहिले नियमित उपचारमा रहेका छन ।
कर्णालीमा सबै भन्दा धेरै सुर्खेतमा एचआइभी संक्रमितहरू धेरै रहेका छन भने कर्णालीका पाँच जिल्लामा भने संक्रमणदर शुन्य रहेको छ । सुर्खेतमा २ सय ९५ संक्रमित रहदाँ दैलेखमा १ सय ९२, रुकुमपश्चिममा ४८ कालिकोटमा ३७ र सल्यामा १९ जना संक्रमित रहेका छन । जुम्ला, हुम्ला, मुगु,डोल्पा र जाजरकोट एचआइभी नरहेको जनार्एको छ । संक्रमित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको जनाईएको छ । एचआइभी संक्रमितहरु नखुल्ने भएकाले संख्या धेरै हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कृष्ठरोग अधिकृत पदम केसीले जानकारी दिएका छन् । उनले भने अहिले पनि संक्रमितहरु समाजमा अपहेलित हुने डरले नखुल्ने गरेका छन् । यसैबीच एचआइभी संक्रमितहरुले कोरोना माहामारीको समयमा समस्या झेल्नु परेको गुनासो गरेका छन।
किड्स नेपालले बीरेन्द्रनगरमा आयोजना गरेको आप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित एचआईभि कार्यक्रम सहगागीहरुले यस्तो बताएका हुन । सहभागीहरुले एचआइभी संक्रमण सामान्य समस्या हो भन्ने, चेतनाको अभाव भएकै कारण आफुहरुलाई समस्या हुने गरेका उल्लेख गरेका छन ।’उनिहरुले कोरोनामा महामारीका समयमा निकै कष्टकर दिन बिताउनु परेको भन्दै समान र राज्यपक्षबाटै अपहेलित हुनुपर्ने अवस्था आएको बताएका छन । कार्यक्रममा नवकिरण प्लसका संयोजक देवेन्द्र पठाकले कर्णालीको भौगलिक विकटताले सबै क्षेत्रका संक्रमितलाई औषधि उपचार पुर्याउन निकै समस्या भएको बताए । उनका अनुसार सबै पालिमामा पुग्न समस्या भएको भन्दै यसकालागी सरकारले सबैक्षेत्रमा औषधिजन्य सामाग्रीको व्यवस्था गरिदिन माग छ । संयोजक पठाकलले अहिले पनि एचआईभी भाइरल लोडको परिक्षणको लागी स्याम्पल बाहिर पठाउनुपर्ने बाध्यता रहेको भन्दै यसर्तफ सरकारले ध्यानजानुपर्नेमा जोड बताएका छन् । संक्रमितहरु हुदाँहुदै पनि समाजको डरले खुल्न नमान्दा एचआईभी संक्रमितको एकिन गर्न कठिनाई भएको छ । यसैबीच कर्णालीमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला केही समयमै संञ्चालनमा आउने भएको छ। कार्यालयका निमित्त प्रमुख ओम आचार्यले प्रयोगशाला संञ्चालनमा आएपछि यसक्षेत्रका नागरिको स्यामपल परिक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गरे ।
यस्तै कार्यक्रममा सामाजिका विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एचआईभी संक्रमितको सेवासुविधा र औषधिजन्य साम्रागीको कहिले पनि अपुग नहुने बताउँदै भने अझैपनि समाजमा लुकेर रहेका दम्पतीहरुको खोजीगर्नु आवश्यक रहेको भन्दै त्यसको लागी आबश्यकपर्ने बजेट मन्त्रालयले उपल्बध गराउन तयार रहेको उल्लेख गरे । यसैबीच किड्स नेपालले अव सुर्खेत सहित कर्णालीमा एचआईभी र टिभिका विरामीको लागी काम गर्ने भएको छ । किड्सका कार्यक्रम अधिकृत अर्जुन सापकोटाले एचआईभी र टिभि रोगको सतेचना जगाउनको लागी सुर्खेतमा यो कार्यक्रम संञ्चालन गरिएको बताए ।