| १९ श्रावण २०७८, मंगलवार ०५:२५
कर्णालीको जुम्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरण जुम्लाले आइतबारदेखि जुम्लालाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो ।
अबको ४ दिनभित्र जुम्ला राष्ट्रिय प्रशारण लाइनमा पुगी सक्ने नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयले जनाएको छ । प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्को समस्या केही समाधान हुने आशाले जुम्लामा खुसी छाएको छ ।
प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुसी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सांसद महतले लामो समयदेखि संसद्मा जुम्लालाई विद्युत् प्रसारण लाइनमा जोड्न माग गर्दै आएको बताए ।