☰ open Loading... 5 February 2025|  

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने तयारी
  | १९ श्रावण २०७८, मंगलवार ०५:३४

 

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने तयारी

 

 

काठमाडौं : कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने सम्भावना बढेको हो ।

 

सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् ।

 

राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने बताए ।राज्यमन्त्रीको कार्ययोजनाको बुँदा नम्बर ११ मा परीक्षा स्थगनको विषय उल्लेख छ । तर परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन ।

No description available.