☰ open Loading... 25 April 2024|  

७ दिन अगावै चेक साटीयो
  | १९ श्रावण २०७८, मंगलवार १७:४१

सुर्खेत- भेरीगंगा नगरपालिका छिन्चुका व्यवसायी अम्मर ओलीले सिभिल बैंक सुर्खेत शाखामा बैंक खाता खोलेका छन् । उनको खाता नम्बर ०८९ १०२६४२११०१३ हो । सोही खाता नम्बर ओलीले व्यवासायिक तथा व्यक्तिगत कारोबार गर्दै आएको ओलीले जानकारी दिए । कारोबारकै शिलसिलामा उनले २०७८ साउन २१ गते साटिने गरि भुपेन्द्र लामिछानेको नाममा चेक नम्बर ०००६९१७२५९ को आफ्नो चेक दिए । उक्त चेकमा रु. ४६ हजार ५ सय रुपैयाँ उल्लेख थियो । तर, ‘ब्याक डेट’ पछि आउने मितिमा साटिने गरि दिएको उक्त सिभिल बैंक शाखा सुर्खेतका कर्मचारीले साउन १५ गते अर्थात ७ दिन अगावै चेक साटिदिएका छन् । ‘व्याक डेटका लागि दिएको चेक अगावै साटिएर सोही बमोजिम खाताबाट पैसा घटेको मोबाइलमा म्यासेज आएपछि थाहा पाए’ ओलीले भने, ‘विश्वासमा बैंकसँग गरिएको कारोबार यसरी हुँदा विश्वास घटेको छ ।’ बैंकले आफ्नो अपराध स्वीकार नगरि आफुलाई चेकमा मिति सच्चाइदिन भन्दै पटक–पटक दवाव दिएकोले फोन स्वीच अफ गरी सम्पर्कविहीन हुन बाध्य बनाएको ओलीले जानकारी दिए । ‘व्याक डेट’को चेक साटिएको बैंकका शाखा म्यानेजर त्रिलोक उपाध्यायले मानवीय त्रुटीका कारण यस्तो भएको भन्दै स्वीकार गरेका छन् । यद्यपी, सिभिल बैंक शाखा सुर्खेतले गरेको उक्त क्रियाकलाप पश्चात सामाजिक सञ्जालमा समेत बैंकप्रतिको आलोचना बढेको छ । ‘चेक आधिकारिकता हो वा होइन, सटही योग्य छ छैन भन्नेजस्ता कुरा प्रमाणित नगरेरै व्याक डेटको चेक सटही गर्नु जघन्य वित्तिय अपराध हो’ डा. पोखरेलले भने । बैंकले ‘व्याक डेट’को चेक सटही गर्नु वित्तिय अपराध भएको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख डा. शालिकराम पोखरेलले बताए