गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुखका रूपमा कार्यरत सह–सचिव गोविन्द रिजालका ७ भाइ र १ बहिनी निजामती सेवामा कार्यरत छन् । उनका बुवा कृष्णप्रसाद उपाध्याय त्यो जमानामा टेस्ट पास गरी ग्रामीण स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत थिए । उनका ७ छोरा, २ छोरी र श्रीमती कल्पनादेवी उपाध्याय गरी ११ जनाको ठुलो परिवार थियो ।
कर्णाली प्रदेशको दुर्गम जिल्ला दैलेखको सामान्य परिवारमा जन्मिएर यसरी परिवार नै निजामती सेवाको माथिल्लो ओहोदादेखि महत्वपूर्ण पदिय जिम्मेवारी पुग्ने कुरा चानेचुने कुरा थिएन् । यस किसिमको उल्लेख्य उपलब्धिका पछाडि पक्कैपनि निकै ठुलो संघर्ष र समर्पण नभई सम्भव नै थिएन ।
वि.सं. २०५८–५९ सालतिर परिवारको सबैभन्दा जेठो छोरा गोविन्द रिजाल अर्थशास्त्रमा स्नातकोत्तर र माइलो छोरा ओम रिजाल विएस्सी पढ्दै थिए । पहिला त गोविन्द रिजालको स्नातकोत्तर सकाएर कोलम्बो प्लानअन्तर्गत अर्थशास्त्रमा विद्यावारिधि गर्न जाने सोच थियो । परिवार एकदमै ठुलो भएकाले पिताजीको सानो जागिरले पढाउन र घरधन्दा चलाउन अलि अप्ठ्यारो नै भएकाले काठमाडौंको खर्च धान्न सक्ने अवस्था भएन । दुवै भाइले काठमाडौंमा बस्न गाह्रो भएको महशुस गरे । त्यसपछि घरको जेठो छोरा गोविन्द धेरै भाइबहिनी भएकाले पिताजी र माताजीलाई पनि कति दुःख दिनु, पढाईभन्दा पनि जागिर खाएर अरु भाइबहिनीलाई पढाउनु पर्छ भन्ने सोचमा पुगे ।
त्यसभन्दा अगाडि सबैजसोमा सुर्खेत आई शिक्षा विषय पढी गाउँमा गएर शिक्षक हुनुपर्छ भन्ने मनोविज्ञान थियो । गोविन्दले पास गरिसकेपछि धेरैलाई लोक सेवा पढेपछि पास गर्न सकिने रहेछ भन्ने प्रेरणा भयो । त्यसपछि गाउँभरी नै लोक सेवा पढ्ने वातावरण बन्यो । घरका सबै भाइबहिनीहरूलाई पनि लोक सेवा पढ्ने ऊर्जा र प्रेरणा जेठो दाई गोविन्दबाट नै प्राप्त भयो ।
गोविन्द रिजालले एमए अर्थशास्त्रको दोस्रो वर्ष नपढेर नै लोक सेवा आयोगको परीक्षा दिई लेखापालमा नाम निकालेर उनको हुम्ला पोष्टिङ भयो । त्यसभन्दा अगाडि सबैजसोमा सुर्खेत आई शिक्षा विषय पढी गाउँमा गएर शिक्षक हुनुपर्छ भन्ने मनोविज्ञान थियो । गोविन्दले पास गरिसकेपछि धेरैलाई लोक सेवा पढेपछि पास गर्न सकिने रहेछ भन्ने प्रेरणा भयो । त्यसपछि गाउँभरी नै लोक सेवा पढ्ने वातावरण बन्यो । घरका सबै भाइबहिनीहरूलाई पनि लोक सेवा पढ्ने ऊर्जा र प्रेरणा जेठो दाई गोविन्दबाट नै प्राप्त भयो ।
गोविन्दका पिताजी कृष्णप्रसादको चाहना लोक सेवा पढ्नु पर्छ जागिर खानु पर्छ भन्ने त थिएन तर जुनसुकै क्षेत्रमा भएपनि अलि राम्रो भइदिए हुन्थ्यो भन्ने थियो । कृष्णप्रसादको घर वैद्यको घरबाट परिचित थियो । बाजे बराजुको पालादेखि नै घरमा एक जना वैद्य भएकाले उनका पिताजीको एउटा मात्र चाहना के थियो भने एउटा छोराले आयर्वेदिक पढि पुस्तागत पेशाको बिँढो थामोस् भन्ने थियो । कालान्तरमा एउटा भाइ आयर्वेदिक डाक्टर पनि भए ।
गोविन्द रिजालका माइला भाइ ओम रिजाल लेखा तिरको उप–सचिवका रूपमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा र साइला भाइ भागवत रिजाल सुर्खेत जिल्ला शिक्षा कार्यालयमा प्राविधिक सहायकका रूपमा कार्यरत छन् । उनका काइला भाइ पुराण रिजाल प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा सुर्खेतमा नायव सुब्बा, पाचौं नम्वरका भाइ भानु रिजाल सुर्खेत जिल्ला अदालतमा लेखापाल, छैटौं नम्वरका भाइ शंकर रिजाल प्रदेश आयुर्वेदिक अस्पताल सुर्खेतको प्रमुख र सातौं अर्थात् कान्छो भाइ बासुदेव रिजाल खाद्य संस्थान डोल्पामा खरिदारका रूपमा कार्यरत छन् । उनकी २ जना बहिनीमा जेठो बहिनी संगिता रिजाल पनि निजामती कर्मचारीतर्फ वीरेन्द्रनगर नगरपालिकामा नर्सका रूपमा कार्यरत छन् ।
गोविन्द रिजालका माइला भाइ ओम रिजाल लेखा तिरको उप–सचिवका रूपमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा र साइला भाइ भागवत रिजाल सुर्खेत जिल्ला शिक्षा कार्यालयमा प्राविधिक सहायकका रूपमा कार्यरत छन् । उनका काइला भाइ पुराण रिजाल प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा सुर्खेतमा नायव सुब्बा, पाचौं नम्वरका भाइ भानु रिजाल सुर्खेत जिल्ला अदालतमा लेखापाल, छैटौं नम्वरका भाइ शंकर रिजाल प्रदेश आयुर्वेदिक अस्पताल सुर्खेतको प्रमुख र सातौं अर्थात् कान्छो भाइ बासुदेव रिजाल खाद्य संस्थान डोल्पामा खरिदारका रूपमा कार्यरत छन् । उनकी २ जना बहिनीमा जेठो बहिनी संगिता रिजाल पनि निजामती कर्मचारीतर्फ वीरेन्द्रनगर नगरपालिकामा नर्सका रूपमा कार्यरत छन् भने कान्छो बहिनी पुष्पा रिजाल पनि लोक सेवाको तयारीमा जुटिरहेकी छन् ।
गृह प्रशासनका अनुभवी प्रशासकका परिचित गोविन्द रिजाल जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइ काम गरिसकेका छन् । उनी लामो समय जिल्लामा बस्ने प्रमुख जिल्ला अधिकारीका रुपमा समेत चिनिन्छन् । निजामती क्षेत्रमा लाग्न चाहनेहरूका लागि रिजाल परिवार प्रेरणाको स्रोत नै हो ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा उप–सचिवका रूपमा कार्यरत ओम रिजाल निजामती क्षेत्रमा लोक सेवा आयोगले परिक्षा लिने भएकाले यसमा कुनै किसिमको सोर्सफोर्स केहि पनि नलाग्ने आफूले मेहनत गर्यो भने हुने बताउँछन् । उनका अनुसार हाम्रो जस्तो पिछडिएको क्षेत्रका मानिसहरूले कसैको भनसुनमा जागिरी खाउँला भन्ने आधार नभएकाहरूको लागि यो क्षेत्र निष्पक्ष छ, आफूले पनि मेहनेत चाहिँ गर्नु पर्छ ।
निजामती सेवा प्रवेश गर्न चाहनेका लागि उप–सचिव ओम रिजालको सुझाव दिँदै भन्छन्, ‘पहिलो त आफ्नो अन्तर्हृदयदेखि नै म निजामती सेवामा नै प्रवेश गर्छु भन्ने भावना आउनु पर्यो । अर्को अलि बढि मेहनेत गर्ने, जस्तोः पत्रपत्रिकाहरू पढ्ने, लोक सेवा आयोगका पाठ्यक्रममा आधारित रहेर पाठ्य सामग्रीहरूको अध्ययन गर्ने, टिपोट बनाउने र आफूभन्दा अग्रजहरूको अनुभवबाट सिकेर आफूलाई खार्न सक्यो भने लोक सेवामा पक्कै पनि सफलता हाँसिल हुन्छ ।’ उनी लोक सेवामा थप सुझाव दिँदै भन्छन्, ‘लोक सेवामा धेरै पटक फेल भएर लामो समयपछि मात्र पास भएको उदाहरणहरू पनि छन् । फेल भएँ भनेर आत्तिएर, निराश भएर छोड्ने हो भने त त्यस खालका मानिसहरूले निजामती क्षेत्रमा प्रवेश नै नगर्नु नै उचित हुन्छ ।’
निजामती सेवा प्रवेश गर्न चाहनेका लागि उप–सचिव ओम रिजालको सुझाव दिँदै भन्छन्, ‘पहिलो त आफ्नो अन्तर्हृदयदेखि नै म निजामती सेवामा नै प्रवेश गर्छु भन्ने भावना आउनु पर्यो । अर्को अलि बढि मेहनेत गर्ने, जस्तोः पत्रपत्रिकाहरू पढ्ने, लोक सेवा आयोगका पाठ्यक्रममा आधारित रहेर पाठ्य सामग्रीहरूको अध्ययन गर्ने, टिपोट बनाउने र आफूभन्दा अग्रजहरूको अनुभवबाट सिकेर आफूलाई खार्न सक्यो भने लोक सेवामा पक्कै पनि सफलता हाँसिल हुन्छ ।’ उनी थप सुझाव दिँदै भन्छन्, ‘लोक सेवामा धेरै पटक फेल भएर लामो समयपछि मात्र पास भएको उदाहरणहरू पनि छन् । फेल भएँ भनेर आत्तिएर, निराश भएर छोड्ने हो भने त त्यस खालका मानिसहरूले निजामती क्षेत्रमा प्रवेश नै नगर्नु नै उचित हुन्छ ।’रारापाटी