☰ open Loading... 5 February 2025|  

खोलाले बगाउँदा बालकको मृत्यु
  | २५ श्रावण २०७८, सोमबार ०६:१४

सल्यान -सल्यानमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छन्। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–४ जुरढुंगाका करिब १२ वर्षीय ओमकार ओली रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ गोठालोबाट घर फर्किने क्रममा चोरपाटा खोलाको गोगनपानीमा आएको बाढीले बालकलाई बगाएको वडाध्यक्ष नेवबहादुर खड्काले बताए। उनकी आमा दिलसरा घाइते भएकी छन्। उनी कोवाङ्ग झिम्पे स्वास्थ्य चौकी जयचौरमा उपचारपछि घर फर्किएकी छन्। खहरे खोलाले बगाउँदा बालकको शव ४०० मिटर तल फेला परेको वडाध्यक्ष खड्काले बताए।