☰ open Loading... 29 November 2024|  

छोराको उपचारमा आर्थिक अभाब, सहयोगको अपिल
  | २५ श्रावण २०७८, सोमबार ०९:०३

यामराज बिष्ट /दैलेख– नारायण नगरपालिका वडानंः२का नारायण बिक बाथ रोगले च्यापेपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।८वर्षीय बालक बिगत ३ वर्ष यता देखि नै बाथ रोगले ग्रसित छन् । उनलाई उपचारमा समस्या भएपछि सहयोगको अपिल गरिएको हो ।

आफ्नो ८ बर्षीय छोराको उपचारमा आर्थिक अभाब भएको भन्दै उनकी आमाले सहयोगको लागी अपिल गरेकी छिन्। उनको उपचारमा हालसम्म आफ्नो सम्पतिको नाममा रहेको जग्गा जमीन सकिसकेकोले उपचार गर्न आर्थिक अभाव भएको आमा गंगा बिकले बताईन्।‘घरमा अलि अलि भएको पैसा छोराको उपचार गदागर्दै सकियो । श्रीमान रोजगारिको सिलसिलमा भारत जानुभएको थियो ।उहाँको भारतमा निधन भयो । के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गह भरि आँसु झार्दै नारायण की आमा गंगा विकले भनिन् तपाईको सानो सहयोगले छोरालाई बचाउँछु ।

आर्थिक अभावका कारण छोरालाई अस्पताल पुर्याउन समेत समस्या भएपछि उपचार हुन सकेको छैन् । हाल सम्म जसोतसो उपचार गराएको भए पनि बाँकी उपचारको लागी सहयोगकै भर पर्नु परेको नारायणको आमा गंगा बिकले पश्चिम नेपाललाई जानकारी दिईन्।आर्थिक सहयोग गर्न चाहाने सहयोग दाताहरुले दैलेख एनएमी बैँकमा रहेको खाता नम्बर०२२२२९००४७२०९९००००१नं खातामा जम्मा गरिदिन सकिने छ ।