☰ open Loading... 5 February 2025|  

भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते
  | २८ श्रावण २०७८, बिहीबार १८:३०

 

 

सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते भएका छन् ।चन्दननाथ नगरपालिका६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान् श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

 

डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् ।

सदरमुकाम खलंगा बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै गर्दा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

निर्मलाको अनुहारमा र हिमबहादुरको टाउकोमा चोट लागेको र उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।