| २९ श्रावण २०७८, शुक्रबार ०६:०६
मध्यपश्चिम विश्वविद्यालय (एमयू)का प्राध्यापकहरू आन्दोलित भएका छन् । पाँच वटा प्राध्यापक संघ–संगठनहरूले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग्दै शुक्रवारदेखि संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।
उपकुलपतिले विश्वविद्यालयमा शक्ति आर्जन गर्ने नियतका साथ आफू अनुकुलका काम मात्रै गर्दै गएको प्राध्यापक संगठनहरूको आरोप छ । फरक विचार समूहका प्राध्यापक कर्मचारी र विद्यार्थीलाई निषेध गर्ने गरिएको, डेढ वर्षीय कार्यकालमा रजिस्ट्रारदेखि डीनहरू र क्याम्पस प्रमुखको विवादास्पद नियुक्ति गर्नुबाहेक अन्य काम गर्न नसकेको प्राध्यापकहरूले आरोप लगाएका छन् ।
प्राध्यापकहरूले संघर्षका कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने, विश्वविद्यालयको बेथितिबारे प्रदेश सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गर्ने र प्रदेशस्तरीय राजनैतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्ने बताएका छन् ।