नेपालगञ्ज । पछिल्लो समय भेरी अस्पताल नेपालगञ्जमा थप कोरोनाका विरामी बढ्न थालेका छन् । कोरोनाको हटस्पट मानिएको बाँकेमा थप कोरोनाका विरामी बढ्न थालेका हुन् ।
अहिले अस्पतालमा २० जना कोरोनाका सिकिस्त विरामी रहेका छन् । बिहीवार साँझासम्म सक्रिय विरामी १६८ जना पुगेका छन भने कोभिड अस्पतालमा ४३ जना उपचाररत रहेका छन् ।
यस्तै २४ घण्टामा ११ जना भर्ना भएका छन् भने ५ जना डिष्चार्ज भएका छन् । जसमा मध्यम विरामी २३ जना र सिकिस्त विरामी २० जना रहेको कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।
बाँकेमा हाल बाँकेका विरामी भर्ना संख्या १२ जना वाहिरी जिल्लाका विरामी संख्या ३१ जना रहेका छन् । भेन्टिलेशन र आइसियुमा ३२ जना रहेका छन भने अक्सिजन प्रयोग नगरेका विरामी सख्या ११ जना रहेका छन् ।
२४ घण्टामा २१० जनाको पिसिआर परिक्षण गर्दा ३४ जनामा पोजेटिभ देखिएको श्रेष्ठले बताउनुभयो । नेपालगन्जका २ जना, कोहलपुरका १९ जना, बैजनाथका १ जना, खजुराका १ जना र १८ बर्ष मुनिको उमेर समूहका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै बर्दियामा ५ जना र अन्य जिल्लाका ६ जना कोरोना पोजेटिभ थप भएका छन् । हालसम्म बाँके जिल्लामा ३२३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाको ३८६ जनाको कोरोनाका कारण मृत्यु भैसकेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।