☰ open Loading... 5 February 2025|  

मुख्यमन्त्री शाहीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
  | ३० श्रावण २०७८, शनिबार ०५:२५

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’ मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता तरेका हुन । चालू आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्रभावकारी र प्रतिफलमुखी बनाउन मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको उनले बताए।