सुर्खेत महिला जेसीजको आयोजनामा भइरहेको जेसीज सप्ताह अन्र्तगत शनिबार उद्घाटन कार्यक्रम एवम् वक्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ । वक्तित्वकला प्रतियोगीतामा सुर्खेत होराइजन एकेडेमीकी कक्षा १२ कि छात्रा चन्द्रा खत्री प्रथम भइन् । ‘राइज द ओमन, राइज द नेशन’ विषयमा भएको वक्तित्वकला प्रतियोगीतामा ११ जना प्रतियोगीलाई पछि पार्दै खत्री प्रथम भएकी हुन् । सुर्खेत महिला जेसीजका महासचिव सीता भण्डारीका अनुसार प्रतियोगीतामा सेन्टमेरिज को.एड. स्कुलकी ११ कक्षाकी छात्रा यमुना दाहाल द्धितीय भइन् भने एसओएस हर्मन माइनर विद्यालय कालागाउँकी कक्षा १२ मा अध्ययनरत छात्रा समिक्षा नेपाल तृतीय भइन् । वक्तित्वकला प्रतियोगीतामा डा. हर्कबहादुर शाही, थानेश्वर लामिछाने र प्रतिमा मल्लाह निर्णायक थिए । यस्तै जेसीज सप्ताह अन्र्तगत शनिबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षता एवम् संस्थापक महासचिव एवम् सन् २०१३ का अध्यक्ष ज्योति कार्की पौडेलको प्रमुख आथित्यतामा भएको उद्घाटन कार्यक्रममा सुर्खेत महिला जेसीजका वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष हरिहर बस्नेत, भद्र भण्डारी, वर्तमान अध्यक्ष कमल लामिछाने, जुनियर जेसीजका अध्यक्ष जनक बुढालगायतको सहभागीता रहेको थियो ।
| ३१ श्रावण २०७८, आईतवार २०:५२