☰ open Loading... 30 November 2024|  

हाइटीमा गएको भूकम्पमा परी ३ सयभन्दा बढी मानिसको मृत्यु
  | ३२ श्रावण २०७८, सोमबार ०५:३७

काठमाडौँ । हाइटीमा गएको भूकम्पमा परी ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।हाइटीको दक्षिणपूर्वी क्षेत्रमा हिजो ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पका कारण ३ सय ४ जनाको मृत्यु हुनुका साथै १ हजार ८ सयभन्दा बढी घाइते भएका छन् भने २९ जना वेपत्ता भएका छन् ।

भूकम्पका कारण घर, होटेल र चर्चहरु ठूलो सङ्ख्यामा भत्किएका छन् । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट-अउ-प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।