☰ open Loading... 5 February 2025|  

लाखौँ रकम तथा सुन ठगी गरी फरार अभियुक्त पक्राउ
  | १ भाद्र २०७८, मंगलवार ०५:५१

सल्यान । लाखौँ रकम तथा सुन ठगी गर्दै हिडने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कालिकोट सान्नी त्रिवेणी गाउँपालिका –४ का २६ वर्षीय पछ्यौरी डनका रुपमा चिनिने निरम कुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वय र सहयोगमा काठमाण्डौबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफु ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई विश्वासमा पारी लाखौँ रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

सल्यानमा शाही विरुद्ध ठगी गरेको मुद्दा परेपछि उनलाई काठमाण्डौबाट पक्राउ गरेको उहाको भनाई छ । सल्यानबाट विभिन्न व्यक्तिबाट ९ लाख भन्दा बढी रकम ठगी गरेको पाइएको उहाको भनाई छ । उनलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान गरी रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।