| २ भाद्र २०७८, बुधबार ०७:०९
नेता रावलले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर देशलाई अस्थिर तुल्याउने खेल भएको आरोप लगाउनुभएको छ । अघिल्लो सरकारले दल विभाजन अध्यादेश ल्याउँदा अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू त्यही बाटोमा हिँड्न खोजेको उहाँको भनाइ छ ।
मंगबालर साँझ सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘दल विभाजन सम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहीत स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो । विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ?’
उपाध्यक्ष रावलले २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का किन नरहेको होला भन्ने प्रश्न पनि गर्नुभएको छ । उहाँले लेख्नुभएको छ– ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?