☰ open Loading... 28 November 2024|  

अनलाइन कक्षा प्रभावकारी बनाउन शिक्षकलाई ल्यापटप वितरण
  | ३ भाद्र २०७८, बिहीबार १७:४५

 

यामराज विष्ट दैलेख– दैलेखको नारायण नगरपालिका ८ तर्ताङमा रहेको सरस्वती माध्यामिक विद्यालयले विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरको छ ।दिनप्रतिदिन कोरोना संङक्रमणको जोखिम बढ्दै गएका कारण संचालन भएका विद्यालय बन्द भएपछि शिक्षण सिकाई सहजीकरण गर्न शिक्षकलाई ल्यापटप वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सेनाले कोरोना संङक्रमणको जोखिमका कारण भौतिक रुपमा उपस्थित भएर पठन पाठन गर्न असमर्थ भएपछि  अनलाइन कक्षालाई प्रभावकारी बनाउन १५ जना शिक्षकहरुलाई ल्यापटप वितरण गर्ने योजना अनुसार ल्यापटप हस्तान्तरण गरिएको बताए। विद्यालयले १५ थान ल्यापटप सात लाख ८० हजारमा खरिद गरिएको र इमेल इन्टरनेटको पहुचमा भएका बालबालिकाका लागि बैकल्पीक प्रविधि बाट शिक्षण सिकाई गर्ने ,अन्य बालबालिकालाई कसरी शिक्षण सिकाई गर्ने विषयमा पुन छलफल गरेर अगाडी बढ्ने प्रधानाध्यापक तिमिल्सेनाले बताए ।

यस्तै कोभिड महामारीले गर्दा  भौतिक रुपमा उपस्थित हुन असम्भव भएको अहिलेको अवस्थामा प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने  र विद्यार्थीसँगको सम्पर्क कायम गराउन सजिलो बनाउन सो कार्यक्रम ल्याइएको विद्यालयका सह- प्रधानाध्यापक लोकेन्द्र जिसि कुमारले बताए ।

 

 

ल्यापटप हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष तथा नारायण नगरपालिका –८ का अध्यक्ष दल बहादुर खत्रीले शिक्षक र विद्यार्थीले प्रविधिको प्रयोग गरी शिक्षण सिकाई गर्नु पर्ने बताए। उनले भने शिक्षण सिकाई प्रभावकारी बनाउँन ल्यापटप वितरण गरेका छौ त्यसको समुचित प्रयोग गर्न शिक्षकलाई आग्रह गरे । भर्खरै नयाँ शैक्षिक सत्र सुरु भएको र कोभिड महामारीले गर्दा सम्पूर्ण शिक्षण सिकाइ बैकल्पिक विधिबाट सुरु गर्नुपर्ने भएको हुँदा ल्यापटप वितरण कार्यक्रम बढी फलदायी हुने देखिन्छ अध्यक्ष खत्रीले बताए ।

दैलेख जिल्लामा भने यो पहिलो प्रयास भएको शिक्षा तथा समन्वय एकाई दैलेखले जानकारी दिएको छ । शिक्षा विका तथा समन्वय एकाई दैलेखका प्रमुख तेज बहादुर थापाले यो प्रयास राम्रो भएको भन्दै अन्य विद्यालयले समेत यस्ता खालका कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए। यो कार्यक्रमले विद्यालयका शिक्षकलाई बैकल्पिक शिक्षण सिकाइ गर्न दबाब सिर्जना हुने र यसले शिक्षकलाई प्रविधिमैत्री समेत बनाउने उनको भनाइ छ।