| ४ भाद्र २०७८, शुक्रबार ०५:२३
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आन्तरिक आम्दानी ४ करोड बढी भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रतिष्ठानले ४ करोड बराबर आन्तरिक आम्दानी गरेको हो ।
विल काउन्टर, फार्मेसी, अडियो भिडियो एक्स-रे सेवा, नाम दर्ता एम्बुलेन्स सेवा लगायतका सेवा उपभोग गरे बापत स्वास्थ्य बिमा नगराएका नागरिकबाट प्रतिष्ठानको आन्तरिक आम्दानी हुने गरेको प्रतिष्ठानको लेखा शाखाले जनाएको छ । कर्णाली प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले पछिल्लो समय स्वास्थ्य बिमाका बिरामीहरू बढ्न थालेपछि आन्तरिक आम्दानी घट्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्वास्थ्य बिमामा नागरिकको पहुँच वृद्धि हुनु खुसीको कुरा हो । तर आन्तरिक आम्दानी बढ्ने घट्ने कुरा गर्दा स्वास्थ्य बिमितको सङ्ख्या बढेपछि आन्तरिक आम्दानी घटेको हो ।”