☰ open Loading... 15 March 2025|  

हेलिकप्टरबाट २ गर्भवतीको उद्धार
  | ७ भाद्र २०७८, सोमबार ०५:१९

अछाम । अछाममा आईबतार एकै दिन दुई गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

पहिले साँफेबगर नगरपालिका वडा नम्बर ३ का २७ बर्षिया नेमिका बोगटीको पेटमा रहेको बच्चाको अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो ।पहिलो उद्धार गरिए लगत्तै चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २६ बर्षिया जनक विकको पनि पाठेघरमा समस्या देखिएपछि हेलिकप्टर मार्फत नै कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिए ।उनीहरूको वयालपाटा अस्पतालबाट उद्धार गरी कोहलपुर पठाइएको हो ।