☰ open Loading... 25 November 2024|  

कर्णालीमा फेरि बढ्न थालो कोरोना संक्रमण
  | ७ भाद्र २०७८, सोमबार ०५:२९

सुर्खेत । कर्णाली प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् ।

साउन महीनामा एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक हजार १६८ जनामा संक्रमण देखिएको हो।यस्तै साउनयता पीसीआर विधिबाट दुई हजार ८६० जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये एक हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

कर्णालीमा साउनयता मात्रै १७ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ८९० पुगेको छ । १० जना जटिल प्रकृतिका संक्रमित कर्णाली प्रदेश अस्पतालमा उपचाररत रहेको र जसमध्ये तीन/चार जनाको अवस्था जटिल रहेको अस्पतालका डा. केएन पौडेलले जानकारी दिए