☰ open Loading... 12 March 2025|  

बस दुर्घटना हुँदा ९ जना घाइते
  | ८ भाद्र २०७८, मंगलवार ०५:४८

सल्यान — सल्यानको शारदा नगरपालिकाको श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको पोखरीडाँडा जाँदै गरेको ना ७ ख १८४८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । ब्रेक फेल भएर अनियन्त्रित भएको बस छत्रेस्वरी गाउँपालिका–३ पेदिखोलाको कैची मोडमा सोमबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो ।

यात्रुबाहक बस दुर्घटना हुँदा छत्रेस्वरी गाउँपालिका–४ का वर्ष २२ की रमिता डाँगी, वर्ष २८की तुलसा विक, २६ वर्षकी तीलाकुमारी रावत, २१ वर्षकी दीपा पुन, २७ वर्षकी उर्मिला खत्री, ३५ वर्षकी सरीता खत्री, २१ वर्षकी रेखा पुन, ५५वर्षकी झुमा डाँगी र २३ वर्षकी दधी पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि अर्जुन पौडेलले बताउनुभयो । घाइतेको शारदा नगरपालिका–१ श्रीनगर स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।