☰ open Loading... 26 November 2024|  

पार्टी दर्ता प्रक्रिया फिर्ता लिए कारबाही रोक्न तयार अध्यक्ष ओली
  | ८ भाद्र २०७८, मंगलवार ०५:५६

 

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएका छन्।

नयाँ पार्टी दर्ता प्रक्रियामा नेता नेपाल अगाडि बढेपछि साथ छाडेका तेस्रो धारका नेताहरुसँग सोमबार भएको निर्णायक वार्तापछि ओलीको भनाइ उदृत गर्दै नेता योगेश भट्टराइले भने, ‘पार्टी एकता जोगाउन उहाँले सकारात्मक रहेको बताउनु भएको छ। पार्टीमा सबै साथीहरुलाई समाधान व्यवहार गर्ने र मिलाएर लाने प्रतिबद्धता जाहेर पनि गर्नुभएको छ।’

कम्युनिष्ट पार्टीलाई बलियो बनाउन एमाले विवाद समाधान गर्न गरेर अघि बढ्नुपर्ने ओलीले बताउनुभयो। बैठकमा ओलीले भने, ‘उहाँहरुले अहिलेसम्म जे जे गल्ती गर्नुभयो। अब पार्टी विपरित गतिविधि त्यागेर फर्किएर सबै नेताहरुले आआफ्नो जिम्मेवारी लाग्न आग्रह गर्छु। नयाँ दल दर्ता प्रक्रियामा रहेकाहरुले पनि औपचारिक ढंगले सबै प्रक्रियाबाट अलग भएर फर्किए कारबाही प्रक्रिया रोकिन्छ।’

कारबाही प्रतिशोध र दण्डले पार्टी एकता नहुने भएकाले पार्टीमा एकताबद्ध बताउने अभियानका जुट्न नेताहरुले आग्रह गनुभएको छ। ओली र नयाँ दल दर्ता प्रक्रियाबाट पछि हटेका नेपाल निकट नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ मा फर्किने सहमति भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो।​